२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

भ्रामक संदेश फैलाएको अभियोगमा प्रहरी प्रधान कार्यालयले पोखराका दुई किशोर सहित ३ जनालाई पक्राउ

असिम पौडेल ,कास्की \ भ्रामक संदेश फैलाएको अभियोगमा प्रहरी प्रधान कार्यालयले पोखराका २ किशोर सहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -१७ छोरेपाटनका १७ वर्षीय र घारीपाटनका १५ वर्षीय किशोर सहित ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका -९ सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन रहेका छन् ।

साइबर ब्युरोका अनुसार उनीहरुले लोकेसेवा आयोगको वेभसाइटमा अनाधिकृत रुपमा पहुँच बनाइ गलत सूचना प्रवाह गरेका हुन् । आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्यूरोमा परेपछि ब्यूरोले अनुसन्धान शुरु गरेको थियो ।

उनीहरुले विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्‍याई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसूर गरेको ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।