२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय १६, ९ हजार ६ सय ४८ डिस्चार्ज

सुदूरपश्चिम प्रदेशका थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा  १ सय ६१ जनाको परीक्षण गर्दा थप ४६  जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टी हुनेमा १७ महिला १६ पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा कैलालीको धनगढी उपमहानगरपालिकाका १९ जना, गोदावरी नगरपालिकाका ४ जना, मोहन्याल गाउपालिकाका ६ जना, जानकी गाउपालिकाका ५ जना, कैलारी गाउपालिकाका र जोशीपुर गाउपालिकाका १÷१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै  कञ्चनपुरको बेलौरी नगरपालिका र भिमदत्त नगरपालिकाका २÷२ जना, शुक्लाफाटा नगरपालिका र कञ्चनपुरको स्थानीय तह नखुलेका १÷१ जनामा पनि कोरोना पुष्टि भएको छ । उता डोटी र बैतडीका १÷१ जनामा पनि कोरोना पुष्टि भएको  सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

उता अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ७४ जनाको परिक्षण गर्दा ६ महिला र १६ पुरुष गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टका कमलबवार नगरपालिकाका २ जना, मंगलसेन नगरपालिकाका १८ जना, बान्नीगढीजयगढ गाँपालिकाका १ जना, तुमाखाद गाँउपलिकाका १ जना कोरोना पुष्टि भएको छ ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा ११ र बझाङ अस्पतालको प्रयोगशालामा ९ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय १६ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार ६ सय ४८ डिस्चार्ज भएका छन भने हाल सम्म ४३ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।