२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

धनगढीका विजयेन्द्र सँग विवाह गर्दै अभिनेत्री श्‍वेता खड्का

 अभिनेत्री श्वेता खड्का आज वैवाहिक बन्धनमा बाँधिन लागेकी छिन्। बूढानीलकण्ठस्थित गोकर्ण फरेष्ट रिसोर्टमा धनगढीका विजयेन्द्रसिंह रावतसँग श्‍वेताले लगनगाँठो कस्न लागेकी हुन्। 

वैवाहिक कार्यक्रम विहानैदेखि सुरू भएको छ। पूर्वपति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि श्वेताले अर्को विवाह गर्न लागेकी हुन्।

दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरू प्रेम सम्बन्धमा थिए। कोरोना महामारीकाबीच हुन लागेको विवाहमा सीमित पाहुनाहरूलाई आमन्त्रण गरिएको छ। 

No description available.

यसअघि हिजो मेहन्दी तथा संगीत कार्यक्रम पनि गरिएको थियो। दुवैजनाले हातमा एक अर्काको नामका मेहन्दी लगाएका थिए। उनीहरूले फोटोसूट समेत गराएका थिए। 

No description available.

चलचित्र ‘कहाँ भेटिएला’ बाट अभिनयमा डेब्यू गरेकी स्वेताले २०७१ मा श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाह गरेको एक महिनामै श्रीकृष्णको निधन भयो । श्रीकृष्णको निधनपछि उनी लामो समय विक्षिप्त भएकी थिइन्। त्यसपछि भने उनी एक्लो जीवन जिउने बताउँदैं आइन्। 

अन्ततः एक्लो जीवन बाच्न कठिन हुने भन्दै विवाह गर्ने मोडमा पुगेको उनले सामाजिक सञ्‍जालमा लेखेकी छिन्। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।