सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ६१ जनाको परीक्षण गर्दा थप ४६ जनामा संक्रमण पुष्टि भएको हो।



संक्रमण पुष्टी हुनेमा १७ महिला १६ पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा धनगढी कैलालीका १९ जना, कैलालीको गोदावरी नगरपालिकाका ४ जना, मोहन्यालका ६ जना, जानकीका ५ जना, कैलारी गाउपालिकाका र जोशीपुरका १/१ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै कञ्चनपुरको बेलौरी र भिमदत्त नगरपालिकाका २ /२ जना शुक्लाफाटा र कञ्चनपुरको स्थानीय तह नखुलेका नगरपालिकाका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।
उता डोटी र बैतडीका १/१ जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
Views: 274

























