२०८१ कार्तिक २७ मंगलवार
२०८१ कार्तिक २७ मंगलवार

कृष्णपुरमा ५० शैय्याको नगर अस्पताल बनाउने तयारी, पूर्वाधार बनाउन बजेट छ्टयाइयो

महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा नगर अस्पताल बनाउने तयारी गरिएको छ । स्थानीय तह निर्वाचनपछि कृष्णपुरमा ५० शैय्याको नगर अस्पताल बनाउने प्रक्रिया सुरु गरिएको थियो ।

नगरपालिकाले अस्पतालको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाएको छ । त्यहीं डिपिआरका आधारमा गत वर्ष अस्पताल निर्माण सुरु गर्ने तयारी कोरोनाका कारण अन्तिममा आएर रोकिएको थियो ।

नगरपालिकाले यस वर्ष फेरि अस्पतालको पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ । यस वर्ष अस्पतालका पूर्वाधार निर्माणका लागि ५० लाख बजेट छुट्याइएको छ ।

कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालले कोरोना संक्रमणका कारण गत वर्ष अस्पतालका संरचना निर्माण कार्य सुरु हुन नसकेको बताए ।

‘स्थानीय तह निर्वाचनमा गरिएको प्रतिवद्धता अनुसार अस्पताल बनाउन लागिएको हो, डिपिआर बनाइएको छ, त्यसको आधारमा गत वर्ष काम अघि बढाउने सोचमा थियौ’ उनले भने,‘कोरोना संक्रमणले त्यो काम अघि बढाउन सकिएन, अब यस वर्ष संरचना निर्माण अघि बढाउँछौ ।’

नगरपालिकाले डिपिआरका आधारमा संघ र प्रदेश सरकारसित पनि अस्पतालका लागि बजेट जुटाउन पहल गरिने मेयर हमालले बताए ।

कृष्णपुर नगरपालिका ५ स्थित वनदेबी सामुदायिक वनको खाली क्षेत्रमा अस्पताल बनाइने भएको छ । त्यसका लागि सामुदायिक वनसति छलफल गरी प्रक्रिया थालनी गरिएको छ ।

अहिले कृष्णपुरमा स्वास्थ्य चौकी लगायतका स्वास्थ्य संस्थाबाट वासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । सबै स्थानीय तहमा नगर अस्पताल बनाउने सरकारी नीति अनुसार कृष्णपुरमा अस्पताल बनाउन लागिएको हो ।

कृष्णपुर नगरपालिकाले यस वर्ष नगर अस्पताल सहित स्वास्थ्य क्षेत्रका अन्य कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । यस वर्ष नगरपालिकाका ७ वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

यसैगरी एक वडा एक स्वास्थ्यकर्मी, नगरवासीसगं डाक्टर कार्यक्रम, उप मेयर सुत्केरी स्याहार कार्यक्रम लगायतका कार्यक्रम सञ्चालन गरिने भएका छन् ।

तत्कालिन कृष्णपुर गाविसका ९ ओटै वडालाई मिलाएर कृष्णपुर नगरपालिका बनाइएको हो । सुदूरपश्चिममा गाविस नै नगरपालिका भएको कृष्णपुर नगरपालिका मात्रै हो ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।