कञ्चनपुर- कञ्चनपुरको महाकाली नगरपालिकाको नाम परिवर्तन हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।



कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्टको सचिवालयले मन्त्रिपरिषद् बैठकबाट नगरपालिकाको नाम परिवर्तन गर्ने निर्णय भएको पुष्टि गरेको छ ।
उनको सचिवालयकाअनुसार अब महाकाली नगरपालिकाको नाम दोधारा–चाँदनी नगरपालिका हुने भएको छ । यसअघि देश संघीय संरचनामा जाँदा साविकका दोधारा र चाँदनी गाउँ विकास समितिलाई समायोजन गरेर महाकाली नगरपालिका बनाइएको थियो ।
Views: 186

























