देब जंग साँउद/कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर ४ मा लैङ्गिक हिसां बिषय मा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
कृष्णपुर ४ समैजि मा वि मा रेष्ट काठमाडौं र महिला विकास संस्था धनगढी को समन्वय द्वारा संचालित लैङ्गिक हिसां बिषय मा चित्रकला प्रतियोगिता कार्यक्रम सञ्चालन गरिएको हो ।
लैङ्गिक हिसां विरुद्ध चित्रकला प्रतियोगिता लाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आउनु भएको ए एच एफ, रेष्ट काठमाडौं र महिला विकास संस्था धनगढीको समन्वयमा कार्यक्रम सञ्चालन गरेको हो । रेष्ट मानव वेचविखन विरुद्धको अभियानमा लैङ्गिक हिसां विरुद्ध को १६ दिने अभियान को अवसरमा लैङ्गिक हिसां बिषयमा चित्रकला प्रतियोगिता कार्यक्रम सञ्चालन गरेका थिए ।




प्रतियोगितामा उमा कुवर प्रथम, सिमा सुनार द्वितीय , दिपा चौधरी तेस्रो र अमृता चौधरी सान्तोना पुरस्कार पाएका हुन् ।
कार्यक्रममा विद्यालयका ब्यवस्थापनका अध्यक्ष सुरेश राज धिकतको अध्यक्षमा कार्यक्रम सञ्चालन भएको छ । प्रमुख अतिथि मा वडा नं ४ का प्रतिनिधि पदम ठगुना रहेका थिए।र विद्यालयका प्रधानाध्यापक श्री लेक बहादुर खड्का रहेका थिए ।


























