डडेल्धुरा – प्राज्ञिक विद्यार्थी परिषद् नेपाल अमरगढी नगर ईकाइ डडेल्धुराको एक दिवशिय प्रथम नगर अभ्यास सम्पन्न भएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल डडेल्धुराको आयोजनामा प्रथम नगर अभ्यास सम्पन्न भएको हो ।



विद्यार्थिहरुको नेतृत्व व्यक्तित्व विकासका लागि असल चरित्रवान, नैतिकवान, ईमान्दार, अनुसाशित व्यक्ती निर्माण गरी राष्ट्र पुननिर्माण गर्ने ध्येयका साथ उक्त अभ्यास सम्पन्न गरिएको परिषद्का जिल्ला संयोजक सन्दिप महराले जानकारी दिए ।
कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका जिल्ला संयोजक तथा सिप विकास केन्द्र डडेल्धुराका जिल्ला संयोजक सन्दिप महराको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा परिषद्का प्रदेश सदस्य प्रदिप भट्ट, जिल्ला सह–संयोजक सरस्वती जैशी लगायतका कार्यकताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा १३ सदस्यीय नयाँ नगर ईकाई समिति पनि गठन गरिएको छ । योगेन्द्र जोशीको अध्यक्षतामा नगर ईकाई समिति गठन गरिएको हो ।
समितिको उपाद्यक्षमा उपाध्यक्षमा रमेश प्रसाद भण्डारी, संगठन सचिवमा दशरथ खड्का, सचिवमा भुपेन्द्र महरा, सह–सचिव तारा भट्टराई रहेका छन । त्यस्तै नगर छात्रा प्रमुखमा कल्पना जैशी, पत्रिका संयोजक भरत बोहरा, कोषध्यक्षमा हेमा भट्टराई चयन भएका छन ।

























