सेति प्रादेशिक अस्पतालकाको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३४ सहित सुदूरपश्चिमका ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ११० जनाको परीक्षण गर्दा थप ४२ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जनामा संक्रमण देखिएको जानकारी दिए ।
उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ४ र ५ का ३/३ जना, वडा नम्बर २ र १२ का २/२ जना, वडा नम्बर ८, १५, १६ र वडा नखुलेका १/१ जनामा संक्रमण देखिएको उनले बताए ।
कैलालीकै गोदावरी नगरपालिकाका ८ जना, गोरीगंगा नगरपालिका र ठेगाना नखुलेका १/१ जनामा समेत कोराना पुष्टि भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका, महाकाली नगरपालिका र पुनर्वास नगरपालिकाका २/२ जना, बेलौरी नगरपालिकाका १ जना र बाजुराको बुढीगंगा नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

























