काठमाडौँ– नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना भाइरस संक्रमितको कुल संख्या १८ हजार ४ सय ८३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका १, खोटाङका १, सप्तरीका ११, पर्साका ८, रौतहटका ४, सर्लाहीका १, चितवनका १, नवलपरासी पूर्वका ४, काठमाडौँका २ र ललितपुरका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
यस्तै अछामका ३, बाराका ३, मकवानपुरका १, गुल्मीका ३, कपिलवस्तुका ६, पाल्पाका ४, बाँकेका २, बर्दियाका २, दाङका ५ तनहुँका १, कालिकोटका ३, दैलेखका ३, हुम्लाका १, जाजरकोटका ६, सुर्खेतका ११, मुगुका २, डडेलधुराका ४, डोटीका १३ र बैतडीका ३ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १०६ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेकाे जम्मा संख्या १३ हजार ५३ पुगेकाे छ।