२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

काठमाडौँ– नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना भाइरस संक्रमितको कुल संख्या १८ हजार ४ सय ८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका १, खोटाङका १, सप्तरीका ११, पर्साका ८, रौतहटका ४, सर्लाहीका १, चितवनका १, नवलपरासी पूर्वका ४, काठमाडौँका २ र ललितपुरका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

यस्तै अछामका ३, बाराका ३, मकवानपुरका १, गुल्मीका ३, कपिलवस्तुका ६, पाल्पाका ४, बाँकेका २, बर्दियाका २, दाङका ५ तनहुँका १, कालिकोटका ३, दैलेखका ३, हुम्लाका १, जाजरकोटका ६, सुर्खेतका ११, मुगुका २, डडेलधुराका ४, डोटीका १३ र बैतडीका ३ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १०६ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेकाे जम्मा संख्या १३ हजार ५३ पुगेकाे छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।