२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

स्याङ्जामा आगो  निभाउने क्रममा एक दम्पती जलेर घाइते

घरमा लागेको आगो निभाउने क्रममा स्याङ्जामा एक दम्पती जलेर गम्भीर घाइते भएका छन् ।

स्याङजा जिल्ला हरिनास गाउँपालिका-७ बुग्दीखोला निवासी ३६ वर्षीय टोपबहादुर बिकको घरमा आइतबार राति १० बजे आगलागी भएको र आगो निभाउने क्रममा टोपबहादुर र उहाँकी पत्नी ३५ वर्षीया सीता बिक आगोले जलेर गम्भीर घाइते भएका हुन ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार उनीहरु दुबैलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ । आगोले शरीरका विभिन्न भाग जलेको अवस्थामा उनीहरुको उपचार भइरहेको छ । आगलागीबाट टोपबहादुरको घर र गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।