२०८१ चैत्र ६ बुधबार
२०८१ चैत्र ६ बुधबार

कुकुरले सुँघेरै पत्ता लगाउछ कोरोना संक्रमण !

एजेन्सी । एक जर्मन पशु चिकित्सा विश्वविद्यालयले गरेको अध्ययन अनुसार केही दिनको तालिमसहित कुकुरले कोरोनाभाइरस संक्रमित मानिस पहिचान गर्न सक्ने दाबी गरेको छ ।

जर्मनीका सशस्त्र सेनाका आठ कुकुरलाई एक हप्ता दिइएको तालिममा यो कुरा ९४ प्रतिशत सफल देखिएको पशु चिकित्सा विश्वविद्यालय हनोवरले नेतृत्व गरेको पायलट प्रोजेक्टले जनाएको छ । अन्वेषकहरूले कुकुरलाई एक हजार भन्दा बढी ससमान्यलगाएत संक्रमित मानिसको खकार सुँघ्न दिएका थिए जसमा कुकुरले ९४ प्रतिशत मानिसमा कोरोना रहेको वा नरहेको पत्ता लगाएको थियो ।

‘हामी सोच्छौं कि यसले काम गर्छ किनकि बिरामीको शरीरमा चयापचय प्रक्रिया पूर्ण रूपमा परिवर्तन भएको छ, ‘ युनिभर्सिटीका प्राध्यापक मारेन भोन कोएक्रिट्झ ब्लिकवेडले यस परियोजनाको बारेमा युट्यूब भिडियोमा भने-‘ हामीलाई लाग्छ कुकुरहरूले विशिष्ट गन्ध पत्ता लगाउन सक्षम छन्।’

अनुसन्धानकर्ताका अनुसार कुकुरहरू मानव भन्दा हजार गुणा बढी संवेदनशील हुन्छन् । कुकुरलाई मानिसको धेरै घुइचो हुने एयरपोर्ट, सीमा क्रसिंग र खेलकुद जस्ता ठाउँहरूमा संक्रमण पत्ता लगाउन खटाउन सकिन्छ । अनुसन्धानकर्ताहरूले भने-‘ यो अध्ययन जर्मन सशस्त्र सेनाहरू, हनओभर मेडिकल स्कूल र विश्वविद्यालय मेडिकल सेन्टर ह्याम्बर्ग, एपेन्डोर्फको साथ संयुक्त रूपमा गरिएको थियो।’

भोन कोकेरेटिज ब्लकवेडेले अर्को चरण कुकुरहरूलाई कोभिड नमूनाहरू, ईन्फ्लुएन्जा जस्ता रोगबाट अलग गर्न प्रशिक्षण दिने जनाएका छन् ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।