२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

सिगास ६ लाइ मदिरा निशेधित वडा बनाउने शर्त सहित वडा कार्यालय को तालाबन्दी खुल्यो

टेक सिंह धामी/साउन १०, बैतडी।जिल्ला को सिगास गाउँपालिका वडा नं ६ को कार्यालय को तालाबन्दी खुलेको छ। हिजो बसेको आम भेला र बैठक ले समझदारी र सहमति को आधारमा ताला खुलेको हो।
साउन ६गते देखि मदिरा पुर्ण रुपमा बन्द हुनुपर्ने ,वडा कार्यालय का खर्च तथा आम्दानी पारदर्शि र सार्वजनिक हुनुपर्ने माग सहित तालाबन्दी गरिएको थियो। लगातार को छलफल र बैठक पछि सहमति हुन नसकेपछि सम्पुर्ण सरोकारवाला, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी लगायत को आम भेला बाट सिगास वडा नं ६ लाइ मदिरा निशेधित वडा घोषणा गर्ने ,नभए पुनः वडा कार्यालय मा तालाबन्दी लगाइने सहमति मा तालाबन्दी खुलेको हो।
स्थानीय ले वडा कार्यालय लाइ सम्पुर्ण वडा क्षेत्र लाइ मदिरा निशेधित वडा बनाउने सम्बन्धमा वडा कार्यालय को निर्णय बाट निश्चित मितिभित्र गाउँपालिका लाइ पत्राचार गरेको चलानि नम्बर सहितको पत्र को प्रतिलिपि सहित आम जनमासमा प्रतिबद्धता जनाउनुपर्ने, प्रहरि प्रशासन र गाउँपालिका बाट अबैध मदिरा ब्यापारी लाइ कानुन बमोजिम कारबाही गरिनुपर्ने , सामाजिक सुरक्षा भत्ता मदिरा पसलबाट नभइ सम्बन्धित ठाउबाट वितरण गरिनुपर्ने जस्ता माग सहित सहमति मा तालाबन्दी खुलाइएको छ।
माग सम्बोधन नभए पुनः तालाबन्दी हुनसक्ने स्थानीय ले जनाएका छन्।
Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।