२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

आजको मौसम

काठमाडौं, १० साउन । आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, प्रदेश-५ र सुदूरपश्चिम प्रदेशका १र२ स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

ती स्थानमा  मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।

त्यस्तै, भोलि प्रदेश-१ र गण्डकी  प्रदेशका १र२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै नेपालको दक्षिण भागमा न्यून चापीय क्षेत्र रहेको छ ।

आज बिहान देशभर सामान्य बदली रही थोरै  स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।