२०८२ मंसिर २९ सोमबार
२०८२ मंसिर २९ सोमबार

पछिल्लो २४ घण्टामा कोरोनाबाट संसारमै सबैभन्दा बढी मृत्यु भारतमा

एजेन्सी । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमितको ज्यान गएको देश भारत भएको छ। पछिल्लो २४ घण्टाभित्र भारतमा मात्र ७ सय ४५ जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमहरुमा जनाइएको छ।

त्यसैगरी मेक्सिकोमा पनि पछिल्लो २४ घण्टामा ७ सय १८ जनाको निधन भइसकेको अन्तरारराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  यसैबीच भारतमा कोरोना संक्रमितको संख्या १३ लाख नाघेको छ।

देशभर एक करोड ५४ लाखको कोरोना परीक्षण गरिसकिएको त्यहाँको सरकारले बताएको छ। साथै भारत विश्वमै कोरोना संक्रमित हुनेको तेस्रो स्थानमा परेको छ। सबैभन्दा बढी संक्रमित भेटिएको अमेरिकामा ४१ लाख नाघिसकेको छ।

त्यस्तै ब्राजिलमा समेत २३ लाख नागरिकमा कोरोना संक्रमण भइसकेको पाइएको छ।  भारतमा हालसम्म ३१ हजार मानिसको कोरोनाकै कारण निधन भइसकेको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।