२०८१ कार्तिक २७ मंगलवार
२०८१ कार्तिक २७ मंगलवार

पत्रकारिता सम्बन्धि युवाहरुको क्षमता अभिबृद्धि कार्याशाला अाज बाट सुरु

डडेल्धुरा – नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकारिता सम्बन्धि क्षमता अभिबृद्धि कार्यशालाको शुक्रबार उद्घाटन गर्दै नेता गाेविन्दराज बोहराले पत्रकार लाई स्वतन्त्र रुपमा राखी सुचना समाचार संकलन गर्न दिन आवश्यक रहेको बताए ।
पछिल्लो समयमा सरकारले पत्रकारको हात बाध्ने गरि निती नियम ल्याउन खोजेको भन्दै उनले स्वतन्त्रता पुर्वक रिपोर्टिङ्ग गर्न दिनु आवश्यक रहेको बताए ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य गोबिन्दराज बोहराले पत्रकार लाई स्वतन्त्र राख्न आवश्यक रहेको बताएका छन । प्रदेश संसदियदल प्रमुख सचेतक समेत रहेका नेता बोहराले पत्रकार लाई स्वतन्त्र रुपमा राख्न आवश्यक रहेको बताएका हुन ।
भारतको तुलनमा नेपाली पत्रकारिता धेरै माथि रहेको बताउदै उनले शुसाशित सभ्य समाज निर्माणका लागी नेपाली पत्रकार जगत लाई स्वतन्त्र बनाई राख्नु पर्ने औल्याए । नेपाल प्रति भारतिय सञ्चार माध्यमहरुले अफवाह फैलाएका कारण नेपालमा समाचार च्यानल बन्द गरिए ।
उनले भने, भारतिय समाचार च्यानलहरुले भ्रामक समाचार सम्प्रेशण गरी नेपालका प्रधानमन्त्रि लगायत सबै नेपाली र नेपालको मानहानि गरेका कारण नेपालमा अहिले भारतिय समाचार च्यानलहरु बन्द गरिएका छन ।
तर नेपालमा भने पत्रकारहरुले त्यो खालको समाचार सम्प्रेशण, रिपोर्टिङ्ग गरेको पाईदैन । यस कारण नेपाली पत्रकारिता भारत भन्दा माथि छ ।
नेपाली पत्रकारिता जगतले सत्य तथ्य जानकारी लिई सुचना समाचार, सन्देश प्रवाह गर्नुका साथै निरन्तर खबरदारी गरि रहेकाले सरकारले हात बाध्ने गरि निती ल्याउन नहुने उनको तर्क थियो ।
प्रेस युनिय डडेल्धुरा शाखाले जिल्ला सदरमुकाम अमरगढी नगरपालिका– ५ तुफानडाडामा तिन दिने पत्रकारिता सम्बन्धि युवाहरुको क्षमता अभिबृद्धि कार्याशाला सञ्चालन गरेको छ ।
करिब २० जनाको सहभागितामा अग्रज पत्रकार डिआर पन्त, राम धामि उत्तर बिष्ट लगायतकाले प्रशिक्षण तीन दिन रहने छ । यसकाे अायाेजक नेपाल प्रेस युनियन डडेल्धुरा र सहयाेगि बुहुउद्वेशिय बिकास समाज डडेल्धुरा र रुडुक डडेल्धुरा रहेकाे प्रेस युनियन डडेल्धुरा का अध्यक्ष धन बहादुर भण्डारीले जानकारि दिनुभयाे ।
Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।