२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

ट्रकको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्युपछि आफन्तले गरे सडक अवरूद्ध

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौर बजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले सडक अवरूद्ध पारेका छन्। 

बिहीबार बेलुका साढे ७ बजे भएको दुर्घटनामा स्थानीय ४८ वर्षीय धनबहादुर भण्डारीको मृत्यु भएको हो। दुर्घटनामा दुई जना बालक घाइते छन्। 

बाँकेको कोहलपुर नगरपालिका–२ का ८ वर्षीय भीमबहादुर खड्का र १ बर्षीय भुवन खड्का घाइते छन्। 

उनीहरूको नेपालगञ्जमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

घर्तीका अनुसार भीम र भुवन दाजुभाइ हुन्। उनीहरू गुर्भाकोट नगरपालिका–९ स्थित मामाघरमा बस्दै आएका थिए। 

बिहीबारका पैदल हिँडिरहेका भण्डारीको ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो भने नजिकै रहेका भीम र भुवन घाइते भएका थिए।

सल्यानको सल्लीबजारबाट सुर्खेतको मालारानी आउँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले उनीहरूलाई ठक्कर दिएको डिएसपी घर्तीले बताए।

मानिसलाई ठक्कर दिएपछि ट्रक धनी र चालक फरार भएपछि पीडित आफन्त आन्दोलनमा उत्रिएका थिए। 

शुक्रबार बिहानैदेखि आफन्तको आन्दोलन जारी रहेको घर्तीले बताए। आन्दोलनका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरूद्ध छ।

‘अहिले पनि अत्यावश्यक बाहेकका सवारी साधन सडकमा चल्न पाएका छैनन्, आफन्तको आन्दोलन जारी छ,’ घटनास्थलमा खटिएका डिएसपी घर्तीले भने। आफन्तले ट्रक चालक र धनीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका छन्। 

चालक भने प्रहरीको नियन्त्रणमा आइसकेको जानकारी आएको डिएसपी घर्तीले बताए। 

‘चालक भर्खरै नियन्त्रणमा आएको भन्ने खबर आएको छ, उसको बारेमा बाँकी खुलेको छैन,’ उनले भने।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।