कैलाली । धनगढी–७ स्थित शिवगंगा नदीमा निर्माणधीन पुल अलपत्र परेको छ। एलाइड एड्भेन्चर प्रालिले २०७४ मा तीन वर्षभित्रै पुल निर्माण गर्ने सहमतिअनुसार जेठ मसान्तमा पुल निर्माण गरिसक्नुपर्ने म्याद समाप्त भएको छ।
पुल निर्माणका लागि निर्माणको जिम्मा पाएको एलाइडले निर्धारित समयमा ४५ प्रतिशत मात्रै काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय साइड कार्यालय धनगढीका इन्जिनियर गणेश जोशीले बताए।
धनगढी उपमहानगरपालिका ७ वडास्थित शिवगंगा नदीमा निर्माण हुने १२ करोड रुपैयाँ लागतको एक सय ५० मिटर लम्बाइ भएको पुलको समेत तीन वर्षसम्म पूरा हुन नसकेको इन्जिनियर जोशीले बताए। ‘निर्धारित समयमा पुलको आधा काम पनि सम्पन्न नभएको इन्जिनियर जोशीले बताए । उनका अनुसार ‘कामको प्रगति विवरण विभागमा पठाएको उनको भनाई छ ।
एलाइड एड्भेन्चरका इन्जिनियर दिनेश बटालाले एक पटक निर्माण गरिएको पुलको बेस पानीले बगाएका कारण समयमै पुल निर्माण हुन नसकेको बताए ।
असारभित्रै काम सम्पन्न गर्ने गरी मंसिरदेखि काम सुरु गरेकोमा चैतयता लकडाउनका कारण पुल निर्माणमा अवरोध आएको उनले बताए। एलाइडले यसअघि मोहना नदी र पथरैया नदीमाथि बन्ने पुल निर्माण पनि वर्षौंसम्म अलपत्र पारेको थियो।