२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

महिलाले एकैपटक २ पुरुषसँग विवाह गर्न पाउँने यो स्थान

भुटानमा एक यस्ता जनजातिको बसोवास छ । जहाँ एक परिवामा कुनै एक महिलाको २ पति हुन्छन् । २ पुरुष र एक महिलाबाट परिवार बन्ने यस जनजातिको नाम ब्रोक्पा ट्राइब हो । यो जनजातिको परम्परा अनुसार एक महिलाले एकैपटक २ पुरुषसँग विवाह गर्न सक्छन् र २ पुरुष आपसमा दाजुभाई जस्तै भएर बस्छन् । दाजु भाई जस्तै भएर बस्ने यी दाजु भाईबीच सम्पत्ति बाड्न पर्दैन् ।

वर्तमान समयमा पनि उनीहरु पुरानै जीवनशैलीमा जिन्दगी बिताइरहेका छन् । बिजुलीको सुविधा हाल सम्म नपाएका उनीहरुको मनोरन्जनको साधन केही पनि छैन् । तर हाल भने बाहिरी दुनियाँसँग जोड्नलाई सडक निर्माणको काम सुरु भएको छ ।

त्यहाँका मानिसहरुको आर्थिक स्थिति निकै कमजोर भएकै कारण मानिसहरुले एक महिलाको विवाह एकै घरका दुई भाईसँग गराइदिन्छन् । ताकी सम्पत्ति बाड्न नपरोस् । यी मानिसहरु धेरै उचाइमा रहेको पहाडको टुप्पामा बसेका छन् । उनीहरुले याक पालेर जीविका चलाइरहेका छन् । उनीहरुको जीवन पुरै याकमा निर्भर रहेको छ । याकको कपालबाट केही प्रकारका बस्तु बनाएर बजारमा बेच्दा आर्थिक रुपले मद्दत पुग्छ । जसको घरमा याक धेरै हुन्छ त्यो घरको इज्यत समाजमा धेरै हुन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।