२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

हङकङ्गमा आगलागीमा परि मृत्यु भएका ७ जना नेपालीको सनाखत

हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ मृत्यु भएका ७ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा ३८ वर्षका युवराज कडेँल, १३ वर्षकी कृतिका कडेँल, २५ वर्षका राजबाबु नेपाल, ९ वर्षका रायन नेपाल, ३९ वर्षका शेर बहादुर गुरुङ्ग, ३२ वर्षकी अनिता निरौला र ४० वर्षकी बिनिता तामाङ रहेको एनआरएनए हङकङ्गकी अध्यक्ष राधिका गुरुङले जानकारी दिइन। बिनिता तामाङ रेष्टुरेष्टकी मालिक हुन।

उनीहरुको नेपालस्थित ठेगाना भने खुलिसकेको छैन। आगलागीमा परेर १८ जना भन्दा घाइते भएका छन। जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको थियो। एनआरएनए हङकङ्गकी अध्यक्ष राधिका गुरुङ्गले आगलागी परेर मृत्यु भएका परिवारलाई आफूहरुले सहयोग गर्ने बताइन। उनले आगलागी भएदेखि नै स्थानिय सरकारसँग समन्वय गरेर काम गरिरहेकी छिन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।