२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

मोटरसाइकलको ठक्करबाट बालकको मृत्युपछि सुर्खेतमा प्रदर्शन

मोटरसाइकलको ठक्करबाट मंगलबार वीरेन्द्रनगर नगरपालिका–१ का ३ वर्षीय बालक समिर नेपालीको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले टायर बालेर कर्णाली राजमार्ग बन्द गराएका हुन् ।

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि मृतकका आफन्तले बुधबार सिद्धार्थ होटल चोकमा टायर बालेर विरोध जनाएका हुन् । बालकलाई ठक्कर दिएर फरार हुने मोटरसाइकल र चालक दुवैको पहिचान हुन नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले बताए । उनका अनुसार मोटरसाइकल र चालकको खोजी भइरहेको छ ।

प्रदर्शनकारीले दोषी पहिचान गरी कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायत माग राखेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।