२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

धनगढीमा १२ तोला सुन चोरीको आरोपमा २ जना पक्राउ

धनगढीमा १२ तोला सुन चोरी गरेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का एक स्थानीयको घरबाट मंसिर २ गते १२ तोला सुन चोरीमा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले चोरीमा संलग्न भएको आशंकामा धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीका २५ वर्षीय हर्क गिरीलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीसँगै मोटरसाइकलमा सवार अर्का युवकलाई पनि पक्राउ गरिएको बताउँदै प्रहरी निरीक्षक थापाले संलग्न भए नभएको बारेमा अनुसन्धान भइरहेकाले तत्काल नाम खुलाउन नमिल्ने बताए ।

प्रारम्भीक अनुसन्धानबाट गिरी भने चोरीमा संलग्न रहेको खुलेको प्रहरी निरीक्षक थापाले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।