कपिल देब भट्ट/ दार्चुला – दार्चुलाको महाकाली नौ दत्तुमा सिकाइ सहजीकरण कार्य आजबाट सुरु गरिएको छ ।




यसभन्दा अघिनै बिद्यालय सञ्चालन हुने भनिए पनि दत्तु स्वास्थ चौकका कार्यरत स्वास्थय कर्मिमा कोरोना संक्रमण देखिएपछि सञ्चालन हुन सकेका थिएनन्। आज पहिलो दिन ९ र १० का विद्यार्थीलाई सहजीकरण गरिएको हो। यस्तै आजबाट कक्षा ११को परिक्षा संचालन गरिएको छ ।
विद्यार्थीको तापक्रम जाच्ने कार्य गरि विद्यार्थीलाई कक्षाकोठामा जाने ब्यबस्था मिलाएको छ।
बिद्यालयमा साबुनपानीको ब्यबस्था गरिएको र हात धुन अनिवार्य गरिएको छ।यस्तै कुनै विद्यार्थीमा कोरोनाको लक्षण भए छुट्टै कोठामा बसाल्ने ब्यबस्था गरिएको छ।
Views: 169

























