२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

मन्त्रिपरिषद् बैठक एक घण्टा स्थगित

काठमाडौं । आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा स्थगित गरिएको छ । सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएको थियो ।

तर, केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको छ । शुक्रबार शुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो । त्यही समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

मन्त्रिपरिषद् बैठक स्थगित भएपछि अब पहिले सचिवालय बैठक बस्नेछ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल मार्फत् सचिवालय बैठक निर्धारित समयमा बालुवाटारमा बस्ने जानकारी दिइसकेका छन् ।

प्रधानमन्त्री ओली र प्रचण्डले एकपछि अर्को पत्र सचिवालय बैठकमा राखेपछि नेकपा विवाद उत्कर्षमा देखिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।