दिपकराज भट्ट / डडेल्धुरा – सुदुर पश्चिम काे पहाडकाे रानी भनेर चिनिने डडेल्धुरा जिल्लामा धेरै धार्मिक , सास्कृृतिक, प्राकृतिक, ठाउँहरु रहेका छन् । यहाकाे सम्पत्ति महाचार वन अति नै रमरणिय क्षेत्र हाे । डडेल्धुरामा रहेका कयाै ठाउँहरु प्रचार प्रसारकाे अभावमा अाेझेलमा परेका छन् ।



डडेल्धुरामा रहेका यी क्षेत्रकाे पहिचान गरेर प्रचारप्रसार गरि पर्यटन प्रबधन गर्नुका लागि डिभिजन वन कार्यालाय डडेल्धुराले पर्यापर्यटनको अबिब्रिद्धिमा अभियान चालेकाे छ । प्राकृति एवं धार्मिक पर्यटनको प्रबर्धन गर्नुका लागि याे अभियान चालेकाे छ ।

डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख बिष्णु प्रसाद अाचार्य ले भन्नू भयाे –
“हामिले अहिले सम्म पैदल यात्रा गरेर गन्याप ताल ४ पटक , चिराकत्ते , भागेश्वर २ पटक फरक फरक बाटो बाट , अमरगढिकाे कास्या टाकुरा, शिकाहर मन्दिर ६ पटक,हगुलटे क्षेत्र, घंटेश्वर करिडोरमा घुमेकाे , यी क्षेत्रमा घुम्दा डडेल्धुरामा पर्यटकिय क्षेत्रकाे निकै सम्भावना रहेकाे तर प्रचार काे अभावमा अाेझेलमा परेकाले पहिले त यहाँका स्थानिय नागरिहरुले यी क्षेत्रकाे अवलाेकन गर्नु जरुरि रहेकाे छ” ।





























