बझाङ, ३ मंसिर । बझाङमा ७ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालीका वडा न.१० चैनपुरवाट प्रहरीले सोमवार जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो ।



जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले जुवातास खेल्दै गरेको अवस्थामा सदरमुखकाम चैनपुरमा रहेको सुर्मा गाउँपालिकामा ने. क. पा बाटका उम्मेदवार रहेका सेर बहादुर बोहराको घर बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । अन्य जुवाडे खेलाडी घरको छतबाट हाम फाली भाग्न सफल भएका डिएसपी खड्काले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काका अनुसार पक्राउ पर्नेमा बझाङको मस्टा गाँउपालीकाका हाल चैनपुरमा बस्दै आएका नामीक ठेकेदार दिपक रोकाया, जयपृथ्वी नगरपालीका १० चैनपुरका पुरन धामी , जनपा ९ देवलाका देवेन्द्र खड्का, सुर्मा गाँउपालीकाका टोप बहादुर वोहरा, मस्टा गाँउपालीका वडा १ का राजेन्द्र खड्का, छविसपाथिभरा गाँउपालीका २ का विर वहादुर मन्डेल र वुगल नगरपालीका वडा ९ का शेरवहादुर वोहरा प्रक्राउ परेको बताए । यी जुवाडे खेलाडी लाई भाईटिकाकै दिन प्रकाउ गरेको थियो।
प्रहरी प्रमुख खड्काका अनुसार पक्राउ परेकाहरुकोे साथबाट ८ गड्डी तास सहित १ लाख ६२ हजार ३सय २० रुपैयाँ पनि बरामद वरामद गरेको बताए ।
प्रहरी प्रमुख खड्काका अनुसार पक्राउ परेकाहरुलाई थप अनुसन्धानका हिरासतमा राखीएको र उनिविरुद जुवातास ऐन, अनुसार कारवाही हुने बताए ।

























