२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

बालिका बलात्कार गरेको अभियोगमा युवक पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२, बसुण्डोलकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा छिमेकी पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय सुरेश लोहार छन् ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सोमबार साँझ बालिकाको परिवारले उजुरी दिएपछि युवक पक्राउ परेका हुन् । पीडितको सोमबारै थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण गराइएको उनले बताए ।

बालिकालाई भेट्न बोलाएर कोठामा लगी करणी गरेको पीडित परिवारको जाहेरीमा उल्लेख छ । लोहारलाई मुलुकी अपराध संहितामा भएको करणी सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।