२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

सुदूरपश्चिमको एक सहित ३७ स्थानीय तहले अझै बजेट ल्याएनन्

काठमाडौं, २ मंसिर  । संघीयता लागू भएको चार वर्ष पुग्न लाग्दा पनि केही स्थानीय तहले संघीय सरकारको नीति नियमलाई बेवास्ता गर्दै आएका छन् ।

कतिपय स्थानीय तहले आर्थिक वर्षको सुरुमा ल्याउनुपर्ने बजेट समयमै नल्याएकाले आम्दानी र खर्चको वैधतासमेत संकटमा पर्न थालेको छ भने केहीले बजेट विवरणसमेत संघीय सरकारमा पठाएका छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७र०७८ को बजेट पेश गरेका छैनन् ।

पटक–पटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय तहले बजेट पेश नगरेको मन्त्रालयले जनाएको छ । गत असारमा बजेट पास गरेका स्थानीय तहले अनिवार्य रूपमा बजेट मन्त्रालयमा पेश गर्नुपर्ने हुन्छ ।

विवरण पेश नगर्ने सबैभन्दा धेरै स्थानीय तह प्रदेश–२ का रहेका छन् । प्रदेश नं २ मा १३६ स्थानीय तहमध्ये १०४ ले मात्र विवरण पेश गरेका छन् भने ३२ स्थानीय तहले अझै गरेका छैनन् ।

बजेट पेश नगर्नेमा प्रदेश–१ का दुई, प्रदेश–२ का ३२, बागमती प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तह रहेका छन् ।

प्रदेश–१ का भोटखोला गाउँपालिका संखुवासभा र मेन्छयायेम गाउँपालिका तेह्रथुम रहेका छन् ।

बागमती प्रदेशको लिखु तामाकोसी गाउँपालिका रामेछाप र आमाछोदिङमो गाउँपालिका रसुवा, सुदूरपश्चिम प्रदेशको बूढीगंगा नगरपालिका बाजुरा रहेका छन् ।

कानूनअनुसार सबै स्थानीय तहले गत असार १० गतेभित्र बजेट पारित गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।