२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

बेलायतको घोषणाः कोरोनाको खोप क्रिसमसअघि नै वितरण गरिन्छ

लण्डन : बेलायतले आगामी क्रिसमसभन्दा अघि नै कोरोनाविरुद्धको खोप सार्वजनिक गर्न सकिने जनाएको छ ।

स्वास्थ्यमन्त्री माट हेनककका अनुसार फाइजर कोभिड १९ भ्याक्सिन यदी सुरक्षित र प्रभावकारी ठहरिएको खण्डमा क्रिसमस भन्दा अघि नै वितरण गरिनेछ । ‘हामी कम्पनीसँग धेरै नजिकबाट काम गरिरहेका छौँ,’ मन्त्री हेनककले बीबीसी टिभीका लागि भने । उनले अघि थपे, ‘यो खोप जति छिटो आयो त्यति नै छिटै हामी यसलाई वितरण गर्ने तयारीमा छौँ । हामी डिसेम्बरको सुरुदेखि नै तयार हुनेछौँ, तर क्रिसमसभन्दा अघि नै सुरु गर्ने सम्भावना धेरै छ ।’

कति खोप आवस्यक पर्छ भनी सोधिएको प्रश्नमा उनले उक्त खोप कति सुरक्षित हुनेछ भन्ने कुराले त्यसलाई निर्धारण गर्ने पनि बताए । कोरोनाभाइरसको महामारी फैलिएको झण्डै एक वर्ष पुग्नै लाग्दा प्रभावशाली देशका वैज्ञानिकले पनि कोभिड १९ विरुद्धको खोप विकासको काम अन्तिम चरणमा पुर्याइसकेका छन् ।

बेलायत, चीन, रुस, अमेरिका, ब्राजिल लगायत देशले तयार पारेका खोप परीक्षणको अन्तिम चरणमा छन् । तीमध्ये केही २०२१ को सुरुमा र केही २०२० को अन्त्यसम्म सार्वजनिक हुने बताइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।