कञ्चनपुरमा २ वटा मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन् । सोमबार दिउँसो जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणिमा म१प ७८२३ र सुपप्र.०१–००८ प २८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् ।



घाइते हुनेमा कैलाली प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्ट र शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय उत्तमसिंह धानुक र २१ वर्षीया सुनिता विष्ट रहेका छन् ।
मोटरसाइकल चालक धानुक गम्भिर घाइते भएको र धानुकको मोटरसाइकलमा सवार युवती विष्ट तथा म १ प ७८२३ मा सवार प्रहरी सहायक निरीक्षक विष्ट सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव निरीक्षक भरत धामीले बताए ।
घाइतेहरुलाई उपचारका लागि कैलालीको अत्तरीयास्थित पद्मा अस्पताल पु¥याइएको प्रहरी नायव निरीक्षक धामीले बताए ।
Views: 171


















