२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

कञ्चनपुरको कालिकिच पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

कञ्चनपुर, १ मंसिर ।  बेल्डाँडी गाउँपालिका २ मा रहेको प्रसिद्ध कालिकिच ताल र किसान मध्यवर्ती सामुदायिक वनलाई पर्यटकीय स्थल बनाउन शुरुआत गरिएको छ । गाउँपालिकाले ती दुवै स्थानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पर्यटकीय स्थल बनाउने प्रक्रिया अघि बढाएको हो । ती स्थान गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र नजिक रहेका छन्  ।

गाउँपालिकाले वन मन्त्रालयसित समन्वय र सहकार्य गरी ती स्थानलाई गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्र बनाउन डिपिआर बनाएर अघि बढाएको गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले जानकारी दिए । “कालिकित ताल र किसान मध्यवर्ती सामुदायिक वनलाई पर्यटकीय स्थल बनाउन डिपिरआ बनाएर अघि बढेका छौ” उनले भने, “यसका लागि वन मन्त्रालयसंग समन्वय र सहकार्य गरी अघि बढेका छौ ।”

उनका अनुसार कालिकित ताललाई पर्यटकीय स्थल बनाउन ३५ करोड ९० लाखको विस्तृत परियोजना प्रतिवेदन बनाइएको छ । यसमा ताल वरिपरि बाटो सहित भ्यूटावर, प्रवेशद्वार लगायतका संरचना निर्माणका कार्य समावेश गरिएका छन् ।

यसैगरी किसान मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय पूर्वाधार विकासका लागि २५ करोडको लागत अनुमान गरिएको छ ।  दुबै क्षेत्रको डिपिआर बनाएर गाउँपालिका बजेट जुटाउन सम्बन्धित मन्त्रालयमा पहल अघि बढाएको अध्यक्ष थापाले बताए । “संघीय, प्रदेश सरकार संग पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार र सडकको व्यवस्थाका लागि बजेटको माग गरेका छौं” उनले भने, “गाँउपालिकाले समेत यसमा सहकार्य गर्ने गरी बजेट माग गरिएको छ ।”

कालिकिच ताललाई गत वर्ष प्रवेशद्वार शिलान्यास गरी निर्माण अघि बढाइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि गत वर्ष भीमदत्त नगरपालिका १९ बागफाँटासम्म पुग्न बेल्डाडँडीमा प्रवेशद्वार बनाउन शुरु गरिएको थियो । प्रवेशद्वार निर्माण भएपछि कालिकिताल घुम्न पर्यटक आाउने अपेक्षा गरिएको छ । 

अध्यक्ष थापाले कालिकित तालमा अजिङ्गर, चरा सहित विभिन्न थरीका माछाहरु पाइने बताए । बेल्डाँडी २ मा पर्ने यो ताल ५ किलोमिटर क्षेत्रमा फैलिएको छ । हिउँदमा साइबेरियन चराहरु समेत आउने भएकाले चरा संरक्षणकर्मीहरु बर्सेनी कालिकिच ताल आउने गरेका छन् ।  रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।