बैतडी, २९ कात्तिक । बैतडीको खोड्पे बस दुर्घटनामा मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ । शुक्रबार पवनदुत अटो मेनेजमेन्ट प्रालिले उनीहरुलाई जनही ५० हजारका दरले किरिया खर्च उपलब्ध गराएको हो ।



बैतडीको पाटन नगरपालिका–८ खोडपेस्थित दशरथ चन्द राजमार्गमा बिहिबार राति बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको थियो ।
दुर्घटनामा ज्यान गुमाउने सबैको परिवारलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा किरिया खर्च दिइएको पवनदूत अटो मेनेजमेन्ट प्रालिका प्रबन्धक बिरेन्द्रबहादुर शाहले बताए ।
ना५ख ५१४१ नम्बरको बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको हो भने ३४ जना घाइते भएका छन् । घाइतेको बिभीन्न अस्पतालमा उपचार भइरहेको छ ।
Views: 145

























