२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

धनगढीको चौराहामा चौलानी मिनी मार्ट सञ्चालनमा

धनगढी, २९ कार्तिक । चौलानी गु्रप अफ कम्पनीजले आजदेखि धनगढीको चौराहामा पहिलो शाखा चौलानी मिनी मार्ट सञ्चालनमा ल्याएको छ ।
धनगढीको चौराहा क्षेत्रका ग्राहकको सुबिधा र सहजताका लागि चौराहामा एक करोड रुपैयाको लगानीमा चौलानी डिपार्टमेण्टल स्टोरको शाखा सञ्चालनमा ल्याएको चौलानी गु्रप अफ कम्पनीजले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले चौलानी मार्टको रिवन काटेर उद्घाटन गरे । 
मेयर वडले ग्राहकहरुको माग र सुबिधालाई मध्यनजर गर्दै सुदूर पश्चिममा पहिलो डिपार्टमेण्टल स्टोर सञ्चालन गरेर चौलानी गु्रप अफ कम्पनीजले एकै छानामुनी सबै सेवा सुबिधा प्रदान गरेकोमा धन्यवाद दिए । 


काठमाण्डौंलाई केन्द्र बनाएर शुरु भएका व्यापारिक प्रतिष्ठान तथा डिपार्टमेण्टल स्टोरहरुलाई चौलानी गु्रप अफ कम्पनीजले डिपार्टमेण्टल लगायतका सेवाहरु सचालन गरेर सुदूर पश्चिम पनि संभावनाको खानी हो सन्देश दिएको मेयर वडले बताए । 
चौलानी गु्रप अफ कम्पनीजले डिपार्टमेण्टल स्टोरसंगै, निको रेष्टुरेण्ट, चौलानी पुस्तक भण्डार, स्वीमीङ पुल, रेडमड कफि सप सञ्चालन गरिरहेको छ ।


चौलानी गु्रप अफ कम्पनीजका अध्यक्ष मानसिंह साउँदले तिहारपछि धनगढीको मोती चौकमा दोस्रो मिनी मार्ट र चौलानी डिपार्टमेण्टल स्टोरको परिसरभित्र साउना स्टिम, जुम्बा सहितको फिटनेश सेन्टर पनि संचालनमा ल्याउने तयारी भईरहेको जानकारी दिए । 


उनले डिपार्टमेण्टल परिसरभित्र कन्फ्रेस हल र पिज्जा स्टेसन पनि सञ्चालनमा ल्याउने तयारी भईरहेको बताए । 

पाँच वर्षभित्र पाँच सय जनालाई रोजगारी दिने लक्ष्य राखेको चौलानी गु्रप अफ कम्पनीजले हाल एक सय २७ जनालाई रोजगारी दिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।