धनगढी, २९ कात्तिक । कैलालीमा एक लाख बढी रकमसहित ८ जना जुवाडे पक्राउ परेका छन् ।



जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ बाट गएराति उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।
जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा स्थानीय तेज बहादुर कडायतको घरबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।
जुवाडेहरुबारे पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरी निरीक्षक थापाले बताए ।
Views: 127

























