धनगढी, २९ कात्तिक । धनगढीमा एक जना कोरोना संक्रमीत पुरुष मृत्यु भएको छ । धनगढी – १६ का ४० बर्षिय कोरोना संक्रमीत पुरुषको सेती प्रादेशीक अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।



उनलाई कात्तिक २२ गते कोरोना संक्रमण पुष्टी भएर २३ अस्पताल भर्ना गरिएको थियो । उनलाई ब्लड क्यानसरको समस्या पनि रहेको थियो । उनलाई स्वासप्रस्वाशमा समस्या भएपछी आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
Views: 184

























