२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

जिम्मेवार शिक्षक बम, जसले गरे विभिन्न कागजात सहितको पर्स फेला परी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

धनगढीः विभिन्न सामाजिक संघसस्थामा आबद्ध, शैक्षिक सुधार शिक्षक समाज कंचनपुरका अध्यक्ष र ने.रे.सो कृष्णपुर उपशाखा बाणिका सचिव समेत रहनुभएका दिपेन्द्र बमले आज बिहान ९ः४५ बजेतिर बङ्क देखि बेलौरी जाने क्रममा कालागौडी पुल नजिक राजेन्द्र भट्टको नाममा रहेका विभिन्न कागजात सहितको पर्स फेला परी सम्बन्धित व्यक्तिलाई बुझाउनुभएको छ ।

कृष्णपुर नगरपालिका २ घर भएका बम महाकाली मा.बि बेलौरिमा शिक्षक पेसामा आबद्ध हुनुहुन्छ । बिधालय जाने क्रममा कागजात सहितको पर्स फेला परेको उहाँले बताउनुभयो छ ।

पर्समा नगद रु १८४०, मोटरसाईकलको बिलबुक, १,५०,००० को चेक , ड्राइभिङ्ग लाइसेन्स र अन्य विभिन्न कागजातहरु रहेको उहाँले बताउनुभयो । पर्स फेला परेको जानकारी बमले फेसबुकमा पोष्ट गरेका थिए र यसैबाट सम्बन्धित व्यक्तिले थाहा पाई बमलाई सम्पर्क गरेको थियो । हराएको पर्स र कागजात पाएपछि राजेन्द्र भट्टले हृदयदेखी धन्यवाद दिनुभएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।