सुदूरपश्चिम प्रदेशका थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ सय ९७ जनाको परीक्षण गर्दा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो ।



अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १८ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो । उहाका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ र २ का ३÷३ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का १ जना जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यसैगरी ठेगाना नखुलेका धनगढीका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ । कैलालीकै टीकापुर नगरपालिकाका १९ जना, बर्दगोरिया गाउँपालिकाका ६ जना, घोडाघोडी नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका १÷१ जनामा समेत कोरोना पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका र डोटीको केआई सिह गाउँपालिकाका १र१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ५१ जनाको कोरोना परीक्षण भएकोमा ९ जनाको नतिजा पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ८ जना र प्रहरी कार्यालयमा कार्यरत एक जनामा कोरोना संक्रमण भेटिएको बताउनु भयो ।
यस्तौ बझाङमा गरिएको परिक्षणमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १२८ जनाको परिक्षण गरिएकोमा थप ७ जनामा संक्रमण पुष्टी भएको जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिनुभयो ।
संक्रमण पुष्टी हुनेमा बझाङको बित्थडचिरका एक जना, जिल्ला अस्पताल बझाङका ३ जना, जिल्ला प्रहरी कार्यालय १ जना गरी ७ जनामा संक्रमण पुष्टी भएको हो । यस्तै कल बजार प्रयोगशालाम थप एक जनामा कोरोना पुष्टि भएको छ ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ४ सय ५ पुगेको छ । संक्रमण पुष्टि भएका ८ हजार ७ सय ७७ बढीले कोरोना जितेका छन भने ३० जना संक्रमितको मृत्यु भएको छ ।

























