डोटीमा अटोरिक्सा दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।



जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरबाट पिपल्ला बजारतिर जादै गरेको लु१स ८८४८ नम्बरको अटोरिक्सा कुलपातेमा दुर्घटना भएको हो ।
अटोमा सवार गणेशबहादुर सिंह, सकुन्तला पार्की, शुशिला चुनारा र तेजीका चुनारा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
Views: 144

























