सेती प्रादेशीक अस्पतालमा शुक्रबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



२४ घण्टामा ३९७ जनाको कोरोना परिक्षण गरिएकोमा थप ५२ जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ जानकारी दिए । संक्रमण पुष्टी हुनेमा २० महिला ३२ पुरुष रहेको सूचना अधिकारी श्रेष्ठ जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ र २ का तीन/तीन जना, वडा नम्बर ३ का २ जना, धनगढीको स्थानीय स्थानीय तह नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
कैलालीकै टीकापुर नगरपालिकाका १९ जना, गोदावरी नगरपालिकाका २ जना, घोडाघोडी नगरपालिकाका ३ जना, बर्दगोरियाका ६ जना, चुरेका र माहेन्यालका एक/एक जना कोरोना पुष्टि भएको छ ।
उता कञ्चनपुरको पुर्नवास नगरपालिकाका एकजना र डोटीका केआइसींहका एकजनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

























