धनगढी : कैलाली भन्सारबाट गत आर्थिक वर्ष २०७६/०७७ मा१७ अर्ब ६२ करोड बराबरको सामान आयात भएको छ। अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ तुलनामा यो चार अर्ब ८ करोडले कम हो।
कोरोना भाईरसको जोखिम नियन्त्रणका लागि गरिएको नाका बन्दका कारण गत आवमा आयात घटेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ईश्वरीप्रसाद अर्यालले बताए।
अघिल्लो आव २०७५÷०७६ मा यो नाका हुँदै भारतबाट २१ अर्ब ७० करोड मूल्य बराबरका विभिन्न वस्तु आयात भएकोे थियो।
यस्तै अघिल्लो आर्थिक बर्षमा ८० करोड बराबरको सामान त्रिनगर भन्सार नाका भएर निर्यात भएकोमा गत आर्थिक बर्षमा ५४ करोडको मात्र निर्यात भएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए।
Views: 50