२०८३ कार्तिक २६ बुधबार
२०८३ कार्तिक २६ बुधबार

मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुल्यो

कैलाली- कैलालीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ ।

मृतक महिला अछामको कमलबजार नगरपालिका–१० घर भई हाल कैलालीको लम्कीचुहा नगरपालिका– ४ सगुने बस्ने भुनी देवकोटा रहेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

महिलाको शव अझैँ टीकापुर अस्पतालमै रहेको का प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।

गएराति लम्कीचुहा नगरपालिका वडा नम्बर ३ गोराङ्गेमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से४प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मोटरसाइकल र चालक ३६ वर्षीय प्रेम साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।