२०८३ आश्विन २७ मंगलवार
२०८३ आश्विन २७ मंगलवार

सुदूरपश्चिममा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ७२ जनाको परीक्षण गर्दा थप ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २९ जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का ११ जना, वडा नम्बर २ का ६ जना, वडा नम्बर ८ का ५ जना, वडा नम्बर ५ का ३ जना, वडा नम्बर ३, १३ र १६ का १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिकाका, बर्दगोरिया नगरपालिकाका, टीकापुर नगरपालिकाका, घोडाघोडी नगरपालिकाका १र१ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै ठेगाना नखुलेका कैलालीकै ८ जनामा समेत कोरोना पुष्टि भएको छ । उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, पुर्नवास नगरपालिकाका २ जना, महाकाली नगरपालिकाका र बेल्डानी गाउँपालिकाका १र१ जना, यस्तै बझाङको बुंगल नगगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

उता डोटीमा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ९३ जनाको परिक्षण गर्दा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

डोटीको केआइसींहका ५जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला अस्पताल डोटीका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनु भयो ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार २ सय ६९ पुगेको छ । संक्रमण पुष्टि भएका ८ हजार ७ सय बढीले कोरोना जितेका छन भने २९ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।