२०८३ आश्विन २७ मंगलवार
२०८३ आश्विन २७ मंगलवार

बझाङको बुङ्गल नगरपालिकामा भ्यासेक्टामी शिविर बाट १ सय २३ जना लाभान्वित

 सुरेश धामी /बझाङ- जिल्लाको बुङ्गल नगरपालिमा भएको महिला पुरुष स्थायी बन्ध्याकरण,भ्यासेक्टामी शिविर बाट १ सय २३ जना लाभान्वित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा र सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा सञ्चालन गरीएको उक्त शिविरमा ११ जना महिला र १ सय १२ जना पुरुष गरी १२३ जनाले सेवा लिएको छ ।

बुङ्गल नगरपालीकाको दहबगर स्वास्थ्य चौखीमा संचालन गरीएको शिविरमा २५ जना पुरुष, खिरातडी स्वस्थ्य चौखीमा २३ जना पुरुष र कफलसेरी स्वस्थ्य चौखीमा सबै भन्दा बढी ६४ जना पुरुष र ११ जाना महिला गरी जम्मा १ सय ११ जनाले सेवा लिएको बुङ्गल नगरपालिका स्वास्थ्य साखा संयोजक नैन सिहले जानकारी दिए ।

सन्तानको रहर पुगेका र स्थायी बन्धयाकरण गर्न चाहने दम्पतिको लागि यो कोरोना महामारीका बेला गाँऊमै सेवा पाए पछि सेवाग्राही खुशी भएका छन् ।

उक्त महिला पुरुष स्थायी बन्ध्याकरण शिविर कार्तिक २३ गते बुङ्गल नगरपालिकाको दहबगर स्वास्थ्य चौकीमा ,२४ गते खिरातडी स्वास्थ्य चौखमा र २५ र २६गते कफलसेरी स्वास्थ्य चौकीमो संञ्चालन भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।