डोटी । यस बर्ष जिल्लामा देउसी भैलो खेल्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले सूचना जारी गर्दै तिहारको समयमा मानिसहरु समुहमा जम्मा भई घर–घरमा गई देउसी भैलो, नाचगान लगाएताका सांस्कृतीक कार्यक्रम नगर्न नगराउन उल्लेख गरेको छ ।



जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी भिमप्रशाद भट्टराईले उक्त सूचना जारी गरेका हुन ।
मन्दिरमा नित्य पुजा बाहेक अनाबश्यक भिडभान नगर्ने, पटका बिक्री बितरण तथा खरिद बिक्रीमा पुर्ण प्रतिबन्ध गर्ने, राती ८ बजेदेखी बिहान ५ बजेसम्म अत्याबश्यक बाहेकका सवारी साधन सञ्चालन नगर्ने लगाएतका निर्णय भएको प्रमुख जिल्ला अधिकारी भिम प्रशाद भट्टराईले बताए ।
Views: 167


















