२०८३ आश्विन २७ मंगलवार
२०८३ आश्विन २७ मंगलवार

त्रिविले ब्याचलरको विभिन्न तहको परीक्षा मंसीर २८ गतेबाट गर्ने ( रुटिन हेर्नुस् )

कार्तिक २६ काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका रोकिदै आएको परीक्षाहरु आगामी मंसीर २८ गतेबाट सञ्चालन गर्ने भएको छ । विश्व विद्यालयले आज रुटिन सार्वजनिक गरेको छ । विद्यार्थीहरुले घर पायकबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालनका लागि समय तालिकासमेत प्रकाशित गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन र शिक्षाशास्त्र संकायको परीक्षा तालिका सार्वजनिक गरिएको हो ।

चारवर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न लागिएको हो । मंसिर २८ गते बिहान ८ बजेबाट परीक्षा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयमार्फत सञ्चालन हुने परीक्षामा सहभागी हुने परीक्षार्थी एक लाख छन् ।
त्रिविकै आंगिक र सम्बन्धनमा सञ्चालित क्याम्पसमा परीक्षा केन्द्र तोकेर स्नातक र स्नातकोत्तर तहको परीक्षा लिइने शिक्षाध्यक्ष कार्यालयले जनाएको छ । सरकारले परीक्षा सञ्चालन गर्न रोक लगाएका कारण गत चैत ७ गतेदेखि त्रिविका परीक्षा रोकिएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।