गोकर्ण पाण्डे/गुल्मी:–दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढ्न थालेको छ । यो समय यसअघि कृतिम फूलका मालाहरुले तम्घास बजार झकिझकाउ हुने गर्दथ्यो । तर यसवर्ष भने कृतिम फूलका माला भित्रिएका छैनन् ।



जिल्लाका विभिन्न स्थानीय तहले कृतिम माला निषेध गरेकाले पनि यसवर्ष बजारमा अघिल्लो वर्षहरुमा जस्तै कृतिम माला नभित्रिएका हुन् ।
यसवर्ष तिहार पर्व ढिलो भएता पनि बजारमा कृतिम फूलका मालाहरु भित्रिएका छैनन् । कृतिम फूलका मालाभन्दा बारीमै फूलेका फूलहरु लगाउँदा सुन्दर देखिने भएकाले यसवर्ष बजारमा कृतिम फूलका मालाहरु बजारमा नभित्रिएको तम्घास उदिनढुंगाका व्यवसायी गिरिराज भण्डारीले बताए ।
Views: 136


















