कञ्चनपुर, २६ कात्तिक । कञ्चनपुरमा प्रहरीले ३ लाख १२ हजार बरबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ७ परासनबाट अवैध रुपमा भन्सार छली ल्याएको ३ लाख ११ हजार ९७२ बराबरको समान बरामद गरिएका सशस्त्र प्रहरीले जनाएको छ ।



सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सहायक प्रहरी निरीक्षक चन्द्रदेव भट्टको कमाण्डमा खटिएको मोबाईल गस्ती टोलीले पुनर्वास र महाकाली नगरपालिका वडा नम्बर ३ पुर्णागिरी ईलाकामा सशस्त्र प्रहरी बल नेपाल विओपि दोधरा चाँदनीबाट सहायक प्रहरी निरीक्षक कृष्ण बहादुर कमाण्डमा खटिएको टोलीले अवैध सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार बेवारिसे अवस्थाको १ सय ३५ बोरा मल, चिनी, खाने तेल, सलाई, मिठाई लगायतका सामान बरामद गरिएको गरिएको थियो । ती सामान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।


















