२०८३ आश्विन २८ बुधबार
२०८३ आश्विन २८ बुधबार

बिरामी बढे सगैँ सुदूरपश्चिममा सघन उपचार कक्षको कमी

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही समययता कोरोना भाइरसबाट सङ्क्रमित बिरामीमध्ये गम्भीर लक्षणसहितका बिरामीहरु बढिरहेको भएपनि यहाँ सघन उपचार कक्षलगायतका पूर्वाधारहरुको कमी देखिन थालेको छ ।

सुदूरपश्चिम प्रदेशमा रहेका २३ वटा आइसियु शय्या र १७ वटा भेन्टिलेटर गम्भीर खालका बिरामीले भरिन थालेपछि नयाँ बिरामीलाई समस्या हुने देखिएको छ । सात पहाडी जिल्लामध्ये डडेल्धुरामा दुई वटा भेन्टिरलेटर रहेपनि बाँकी छ जिल्लामा आइसियु र भेन्टिलेटर छैन ।

प्रदेशकै कोरोना अस्पतालका रुपमा घोषणा गरेर सङ्क्रमितहरुको उपचारमा सक्रिय सेती प्रादेशिक अस्पतालले व्यवस्थान गरिरहेको ५० शय्याको कोरोना अस्पतालमा बिरामीहरु भरिएका छन् ।

आजसम्म गम्भीर लक्षण देखिएका १७ जनाको आइसियुमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ स्रोत व्यक्ति हेमराज जोहीले बताए ।

उनले प्रदेश सरकारले पनि २० वटा थप भेन्टिरलेटर खरिद गरी हरेक जिल्ला अस्पतालमा दुई÷दुई वटाका दरले जडानको प्रक्रियामा रहेको जानकारी दिए । उनले तत्काल बिरामीको अवस्था हेर्दा आइसियु बेड थप्नुपर्ने आवश्यकता देखिएको बताए ।

धनगढीस्थित ५० शैयाको अस्थायी अस्पतालमा ४८ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये सबैभन्दा कैलालीका ३७ जना, कञ्चनपुरका चार, अछाम र  डडेल्धुराका दुई÷दुई र बझाङ्ग,  दार्चुला र बैतडीका एक/एक जना कोरोना सङ्क्रमितको धनगढीमा उपचार भइहरहेको छ ।

हाल १० हजार १५४ जना सङ्क्रमित रहेको सुदूरपश्चिम प्रदेशमा आठ हजार ४८५ जना निको भएर घर फर्किसकेका छन् । महेन्द्रनगरस्थित महाकाली अस्पतालमा पिसीआर विधिबाट कोरोना जाँचका लागि मेसिन खरिद गरिएको भएपनि सञ्चालनमा आउन सकेको छैन ।

सुदूरपश्चिममा धनगढी, डोटी, डडेल्धुरा, बैतडी र बझाङ्गमा पिसीआर विधिबाट हरेक दिन कोरोना परीक्षण हुदै आएको छ । कोरोना सङ्क्रमणबाट सुदूरपश्चिममा हालसम्म २७ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।