२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

आदरणीय कम्रेडहरु अभिवादन

आदरणीय कम्रेडहरु अभिवादन । तपाइहरुको एउटा ऐतिहासिक कदमले आमनेपालि जनतामा एउटा नया उत्साह र आस पलाएको थियो।नेपाली जनताहरुले नेकपालाइ दुइतिहाइ नजिक को स्थान दिएर सदन मा पठाए।

नेकपा का कार्यकर्तामा खुसिको को सिमानै थिएन र नेपाली आम जनतालेनी अब देश को बिकास हुने भो भनेर ढुक्क थिए किनकी यति शक्तिशाली सरकार नेपाल मा पहिलो पल्ट बनेको थियो र सायदै अब बन्ला।

तर जनता र कार्यकर्ताको मर्म र भावना बिपरित बिगत केही महिना देखि कुनै दिन केही बहना र कुनै दिन केही मुद्दा उठएर पर्टी र राष्ट्र लाइनै कमजोर पार्ने काम तपाइहरुबाटै भएको देख्दा हामी कार्यकर्ता मात्रै होइन आम जनता मात्रै होइन विपक्ष दल समेत दुखी छ।

तपाइले रातारात दुई पार्टी एक बनाउने निर्णय गर्दा दुइटै पार्टीका कार्यकर्ताले अँखा चिम्लेर अनुमोदन गरेका थिए तर कार्यकर्ता र आम जनताको भावना माथी आज आएर एक अर्कालाई दोषारोपण गर्दै नाङ्गो नाच नाचिरहदा आज मलगायत लाखौं कार्यकर्ता र करोडौं नेपाली जनता दुखित छन।

हुनत तपाईंहरुलाइ केको चिन्ता तपाइको अब उमेर नै कति बाकी छ र बामदेव गौतम -७२ झलनाथ खनाल -७० केपि ओलि-६८ माधव नेपाल -६७ पुस्पकमल दहाल -६५ नारायण काजी -६१ तर तपाइँ पछि का नेताहरु र युवाहरूको भबिस्य तपाइहरुको यस्तै कदम ले के हुन्छ?यो पार्टी मा आफ्नो सकृय उमेर दिएर अफ्नो घरपरिवार नभनी पार्टी र समाजका लागि योगदान गरेका कार्यकर्ता र बिकासको सपना बोकेका आमनेपाली को मत खेर जादा के हुन्छ?

त्यसैले अझै समय बाकी छ आफ्ना ब्यक्तिगत स्वार्थ लाई त्यागेर आम नेपाली र लाखौं कार्यकर्ता को भबिस्यलाइ अन्योलमा पार्ने काम नगरी काम गर्नुहोस ।

नत्र तपाइहरु बिना सिपाहिका कमाण्डर र कार्यकर्ता टुहुरा हुनेछन।लेख्न त धेरै थ्यो यतिलेनी बुझ्नुहोला भन्ने आस छ।

अभिवादन भरत मल्ल अनेरास्ववियु पुर्ब डडेलधुरा अध्यक्ष जिल्ला युवा समिती डडेलधुराका निवर्तमान अध्यक्ष अजयमेरु ३ डडेलधुरा

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।