२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

६ वर्षदेखि मिष्ठान्न भण्डारको रोजगारीमा रमाउनुभएका राजु

गोकर्ण पाण्डे/गुल्मी:-भारतमा भन्दा नेपालमा राम्रो कमाई हुन थालेपछि भारत नौतनवाका २८ वर्षीय राजु चौधरी नेपालमै रमाउन थाल्नुभएको छ ।

केही वर्ष पहिले आफ्ना बुवा–आमालाई गुमाउनुभएका चौधरीको काधमा आफ्ना परिवारको थप जिम्मेवारी थपिएपछि नेपालका विभिन्न जिल्लाहरुमा मिठाई निर्माण तथा कुकको काम गर्दै आएको उहाँको भनाई छ ।

आधारभूत तहको पढाई मात्र सक्नुभएका चौधरी हाल रुरु क्षेत्र गाउँपालिका वार्ड न १ रिडीबजारमा रहेको रुरु मिष्ठान्न भण्डारमा मिठाईका परिकार बनाउने, खाजा नास्ता बनाउनका साथै काउन्टर समेत समाल्दै आउनु भएको छ ।

आफूले झण्डै ३ महिनाको तालिमपछि दुधका सबै परिकार बनाउन सक्षम भएको उहाँले बताउनुभयो । करिब ६ बर्ष यही मिष्ठान्न भण्डारमा काम गर्दा आफ्नो पसलका संचालकहरु लक्ष्मण भट्टराई, कृष्ण ज्ञवालीले आफ्नै दाइ–भाइको व्यवहार गरेको र सबै जिम्मेवारी दिँदा आफूमा झन हौसला मिलेकाले रिडीनै रोजाइ बनेको राजुको भनाई छ ।

मासिक ३ हजार रुपैयाँबाट जागिर थाल्नुभएका उहाँले अहिले मासिक सबै खर्च कटाई २५ हजार रुपैयाँ बचत गर्दै आएको बताउनुभयो ।

मिष्ठान भण्डारका सञ्चालक कृष्णले आफू नहँुदा सबै कारोबार जिम्मेवारी दिने र इमान्दार भएकोले आफ्नो पसल रहँदासम्म राजुलाई नै राख्ने बताउनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।